धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत काठमाडौँका मेयर बालेन शाहको विवादास्पद स्टाटसप्रति व्यङ्ग्य गर्दै प्रतिक्रिया दिएका छन्।

बालेनको अभिव्यक्तिले सामाजिक सञ्जालमा चर्को चर्चा पाएको बेला साम्पाङले आफूले त्यस्तै शब्द प्रयोग गरेको भए के हुन्थ्यो भनेर प्रश्न गरेका छन्।

advertisement

उनले लेखेका छन्, ‘मन पर्ने मान्छेको पादै मिठो!  मन नपर्ने मान्छेले मुटु नै झिकेर दिँदा पनि हेलाहोचो! मैले त्यो शब्द लेखेको भए के हुन्थ्यो होला? अचेत जिन्दगीको जय होस्!’

उनको यो अभिव्यक्तिलाई बालेनको हालैको स्टाटसप्रतिको व्यङ्ग्यात्मक टिप्पणीका रूपमा हेरिएको छ। सामाजिक सञ्जालमा साम्पाङको उक्त भनाइ पनि अहिले चर्चाको केन्द्रमा छ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com