काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पछिल्लो स्टाटसले उनी कस्ता स्तरका व्यक्ति हुन् भन्ने स्पष्ट भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले तीन वर्षअघि आफूले बालेनको व्यक्तित्व र वास्तविकता बारे टिप्पणी गर्दा आलोचना गर्ने धेरैजना अहिले आएर सहमत भएको दाबी गरेका छन्।

advertisement

‘तीन वर्ष अघि जब मैले बालेन साहको हैसियत र यथार्थबारे टिप्पणी गरेको थिएँ, त्यतिबेला मलाई गाली गर्ने साथीहरू अहिले भन्छन् तपाईं ठिक हुनुहुँदो रहेछ,’ बस्नेतले लेखेका छन्, ‘हिजो राति उनले लेखेर तुरुन्तै हटाएको स्टाटसले त उनी वास्तवमै कस्ता स्तरका हुन् भन्ने कुरा स्पष्ट भयो।’

उनले बालेन अब धेरै समयसम्म जनतालाई भ्रममा राख्न नसक्ने दाबी समेत गरेका छन्। बस्नेतले लेखेका छन्, ‘थोरै मान्छेलाई धेरै समयसम्म झुक्काउन सकिन्छ, धेरैलाई थोरै समयका लागि झुक्काउन सकिन्छ, तर सबैलाई सधैं झुक्काउन सकिँदैन।’

बालेन शाहको पछिल्लो स्टाटसबारे विभिन्न राजनीतिक र सामाजिक वृत्तमा आलोचना र टिप्पणी भइरहेका बेला बस्नेतको यो अभिव्यक्ति सार्वजनिक भएको हो।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com