काठमाडौं । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग परिसरमा अवैध संरचना हटाउने अभियान चलाएपछि त्यहाँ सुरक्षा तनाव सिर्जना भएको छ।
महानगरको नगर प्रहरी टोलीले सम्पदा संरक्षणका नाममा सो क्षेत्रमा रहेका संरचना भत्काउन डोजर चलाएपछि प्रहरी र नगर प्रहरी दुवै पक्षको बाक्लो उपस्थितिका कारण वातावरण तनावपूर्ण बनेको हो।
महानगरका अधिकारीका अनुसार ट्राफिक प्रहरी प्रभागको कार्यालय समेत अवैध रूपमा निर्माण भएकाले तोडफोडको सूचीमा परेको छ। हाल सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी र नगर प्रहरी तैनाथ गरिएका छन्।
उक्त कार्यवाहीका कारण थापाथली आसपासको सडक क्षेत्रमा आवागमनमा अवरोध देखिएको छ भने सर्वसाधारणलाई असुविधा भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरी प्रशासनले थप सुरक्षा व्यवस्था कडा पारेको बताइएको छ।
प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार











प्रतिक्रिया