काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता अग्नि प्रसाद सापकोटाले जेनजी पुस्ताले उठाएका माग र आन्दोलनका विषयहरू माओवादी आन्दोलनकै निरन्तरता भएको बताएका छन्। उनका अनुसार, माओवादी केन्द्रले जेनजी पुस्ताले उठाइरहेका मागहरू पहिल्यैदेखि नै आफ्ना एजेन्डाका रूपमा अघि सार्दै आएको छ।

आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सापकोटाले भने, ‘हामी जेनजी पुस्ताको मागप्रति पूर्ण रूपमा सकारात्मक छौँ। वास्तवमा ती मागहरू नयाँ होइनन्, माओवादीले सुरु देखिनै उठाएका मुद्दा हुन्। त्यसैले हाम्रो र उनीहरूको धारणा साझा र एकरूप छ।’

advertisement

उनले थपे, ‘प्रधानमन्त्री र राष्ट्रपतिसँगको भेटवार्तामा पनि हामीले जेनजीका मागहरूका बारेमा कुरा गरिरहेका छौँ। ती मागहरू जायज छन् र माओवादी केन्द्र त्यसका पक्षमा छ। अहिले पनि विचार र उद्देश्यका स्तरमा हामीबीच एकरूपता कायम हुँदैछ।’

सापकोटाले जेनजी पुस्ताको राजनीतिक चासो र परिवर्तनप्रतिको उत्साहलाई सकारात्मक रूपमा ग्रहण गर्न सबै दलहरूलाई आग्रह गरे।

त्यसैगरी, उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले निर्वाचनमा सहभागी हुनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयलाई पनि स्वागतयोग्य कदम भन्दै सकारात्मक टिप्पणी गरे।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com