काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गी अड्डामा आयोजित कार्यक्रममा उपरथी दर्जामा पदोन्नति पाएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, सो अवसरमा प्रधान सेनापतिले महासेनानी दर्जामा पदोन्नति पाएका पाँच जना प्रमुख सेनानीहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो।
कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति पाएका रथीवृन्द तथा अधिकृतहरूको परिवारजनले पनि उपस्थित भएर कार्यक्रममा सहभागिता जनाएका थिए।
प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार











प्रतिक्रिया