काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति आक्रोश व्यक्त गरेका छन्।
थापाले सामाजिक सञ्जालमा मेयर शाहको विवादित पोस्टको स्क्रिनसट साझा गर्दै तीव्र टिप्पणी गरेका हुन्। उनका अनुसार, गाँजा सेवन गर्ने व्यक्तिलाई राजधानीको मेयर बनाउने, त्यसलाई मान्यता दिने र कारबाही नगर्ने कार्य अपराध र देशद्रोहको संज्ञा दिनु पर्ने कुरा हो।
शनिबार राति मेयर शाहले आफ्नो पोस्टमा अश्लील शब्द प्रयोग गर्दै चीन, भारत, अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गरेका थिए। हाल मेयर शाहले उक्त पोस्ट सञ्जालबाट हटाइसकेका छन्।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गाँजा तानेर लुसिफर (दलाल/शैतान) बेहोसीमा पागल भएर लेखेको कुरा आफैले हटाएर आनन्द लिएको छ। सिंहदरबार जलाउन उक्साउने लुसिफर नशामा नाश भएर देशलाई रातीराती स्वाँङ बनाउने प्रयास गर्छ। बाबुले सिंहदरबारमा बैद्यखाना बनाएर सिनामंगलमा दरबार बनाएको कुरा जान्नेहरूलाई थाहा छ, तर छोराले सिंहदरबारमा आगो लगाउन लगाएर र दमकल तीन दिनसम्म नपठाएर आफ्नो वास्तविक अनुहार उजागर गरिसकेको छ। यस्तो देशद्रोहीलाई आइकन मान्ने र काठमाडौंलाई ‘बालेन शहर’ लेख्ने व्यक्तिहरूको अनुहार सम्झँदा लाज लाग्छ। यो गजेडी हो, नशामा लठ्ठिनु र बर्बराउनु यसको दिनचर्या हो। यही योग्यताले गाँजा सेवन गर्ने दुर्ब्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सबै अपराधी र देशद्रोही हुन्।’
प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया