काठमाडाैं । नेपालकै पहिलो इम्प्रभ कमेडी शो ‘The Fun२sss Show’ शनिबारबाट OSR Reality मार्फत प्रसारण सुरु भएको छ । कार्यक्रम हरेक शनिबार राति ९ बजे प्रसारण हुनेछ। हिल्स एण्ड होराइजन फिल्म्स प्रा.लि.को प्रस्तुत यो शोको निर्देशन चर्चित कमेडियन कैलाश कार्कीले गरेका छन्। उनी पहिले ‘Reality Show Comedy Champion’ बाट परिचित छन् । कार्यक्रमलाई अर्का चर्चित कमेडियन सन्तोष थापाले होस्ट गरेका छन् ।

कार्यक्रममा आशिष न्यौपाने, रजनीश अर्याल, सतीश कार्की, जय खतिवडा, श्रिया सुवेदी र आस्था तिमिल्सिना प्रतिस्पर्धीका रूपमा सहभागी छन् । उनीहरूले विभिन्न चरणमा फरक–फरक इम्प्रभ गेमहरू खेलेर प्रतिस्पर्धा गर्नेछन्।

advertisement

शो तीन राउन्ड- सिल्भर, गोल्ड र डायमण्डमा विभाजन गरिएको छ। प्रत्येक राउन्डमा छ एपिसोड रहनेछ र एलिमिनेशन तथा वाइल्डकार्ड प्रणाली लागू हुनेछ । यसरी २० एपिसोडको अन्त्यमा एक जना विजेता घोषणा गरिनेछ।

‘The Fun२sss Show’ नेपालकै पहिलो र ठूलो इम्प्रभ कमेडी शोका रूपमा सुरु भएको छ। एपिसोडको अन्त्यमा एक जना विजेता घोषणा गरिनेछ, जसले नगदसहित विभिन्न पुरस्कार जित्नेछन्।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com