काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रदर्शनकारीहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने माग राख्दै माइतीघरमा आन्दोलन गरेका थिए।

advertisement

जेनजी आन्दोलनको घटनामा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाललाई कानुनी कारबाही गर्नु पर्ने भन्दै केही युवाहरू सडकमा उत्रेका थिए। प्रदर्शनका कारण माइतीघर वरिपरि केहीबेर सवारी आवागमन अवरुद्ध भएको थियो।

यसअघि पक्राउ परेका र गाँजा सेवन गरेको भेटिएका अभियन्ता डा. निकोलस भुसालले पनि आज माइतीघरमा प्रदर्शन गर्ने बताएका थिए।

प्रशासनले काठमाडौंका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गर्दै प्रदर्शन रोक लगाउने व्यवस्था गरिसकेको छ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com