काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठनभित्र १३ जना नेताहरूको विभागीय जिम्मेवारी हेरफेर गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय विभागहरूमा नयाँ जिम्मेवारी तोकेको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, पार्टीभित्रको कार्यदक्षता र संगठन सुदृढीकरणका उद्देश्यले यो निर्णय गरिएको हो ।
नयाँ व्यवस्थाअनुसार —
-
रविकिरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभागको प्रमुख,
-
रामप्रसाद भट्टराईलाई केन्द्रीय प्रशिक्षण विभागको सदस्य,
-
डा. कृष्णमान शाक्यलाई सोही विभागको सदस्य,
-
र सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ ।
रास्वपाले बाँकी नेताहरूको जिम्मेवारीसमेत चरणबद्ध रूपमा अद्यावधिक गर्ने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया