काठमाडाैं । सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय तत्काल कायम नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
गत असोज ३० गते विभिन्न ११ देशका राजदूतहरू फिर्ता गर्ने सरकारको निर्णयविरुद्ध पत्रकार सुनिल भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए । भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएका थिए ।
सरकारले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरेबिया, स्पेन, बेलायत, अमेरिका र जापानबाट राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।



प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया