काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा काराेबार भइरहेको छ । सुन आइतबार पनि यही मूल्यमा काराेबार भएको थियो ।
यसैबिच सोमबार चाँदीको मूल्य तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा ३ हजार ५५ रुपैयाँ कायम भएको थियो ।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया