नयाँ दिल्ली । भारतको तेलङ्गाना राज्यमा भएको भीषण सडक दुर्घटनामा कम्तीमा २० जनाको ज्यान गएको छ । दुर्घटना रंगारेड्डी जिल्लाको चेभेला प्रहरी चौकीअन्तर्गत पर्ने खानपुर गेट नजिक सोमबार बिहान भएको हो ।

स्थानीय अधिकारीहरूका अनुसार, गिट्टी बोकेर तीव्र गतिमा आइरहेको डम्परले हैदराबादतर्फ गइरहेको यात्रुवाहक बसलाई ठक्कर दिएको थियो । ठक्कर यति शक्तिशाली थियो कि डम्परमा लोड गरिएको गिट्टी बसमाथि खस्दा धेरै यात्रु त्यहीँ थिचिएर मृत्यु भएको बताइएको छ ।

advertisement

दुर्घटनामा करिब २० जना घाइते भएका छन्, जस मध्ये ३ जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । बसमा करिब ७० जना सवार थिए, जस मध्ये अधिकांश कलेजका विद्यार्थी रहेका थिए ।

समाचार एजेन्सी एएनआईका अनुसार दुर्घटनामा संलग्न डम्पर तेलङ्गना सरकारद्वारा सञ्चालित टीजीएसआरटीसीको थियो । घटनापछि उद्धारकार्य जारी रहेको र घाइतेहरूलाई नजिकैका अस्पतालमा उपचारका लागि पठाइएको जनाइएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com