काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिका पूर्वसभापति रामहरि खतिवडालाई पितृशोक परेको छ । उनका पिता जीवनाथ खतिवडाको डिल्लीबजारस्थित निवासमा गएराति ७८ वर्षको उमेरमा निधन भएको हो ।
दमसम्बन्धी रोगबाट पीडित जीवनाथ खतिवडा आइतबार साँझ सामान्य अवस्थामा खाना खाएर सुतेका थिए । तर, राति अचानक स्वास्थ्य बिग्रिँदा उनको निधन भएको परिवार स्रोतले जनाएको छ ।
उनको पार्थिव शरीरलाई सोमबार पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित दर्जनौँ नेता–कार्यकर्ताले उपस्थित भएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्व. खतिवडा पछाडि श्रीमती, पाँच छोरा र एक छोरी गरी सात जना परिवार सदस्य रहेका छन् ।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया