काठमाडाैं । उत्तरी अफगानिस्तानमा गएको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूले मृतकको संख्या अझै बढ्ने अनुमान रहेको बताएका छन्।
अधिकारीहरूले प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य भइरहेको जानकारी दिएका छन्।
तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमान अमरले २० जनाभन्दा बढीको मृत्यु भएको र ३२० जनाभन्दा बढी घाइते भएको बताएका छन्।
सोमबार बिहान १ बजे (स्थानीय समय) मा भूकम्प गएको थियो। यो क्षेत्रमा लगभग ५ लाख मानिस बसोबास गर्छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार, भूकम्प ६.३ म्याग्निच्युडको थियो र यसको गहिराइ २८ किलोमिटर थियो।
तालिबान प्रवक्ता हाजी जैदले बाल्ख प्रान्तको सोलगरा जिल्लामा धेरै जना घाइते भएको बताए। उनका अनुसार तीमध्ये धेरैजसो अग्ला भवनहरूबाट खसेर घाइते भएका थिए।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया