काठमाडौं । जनमत पार्टी विभाजनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सुनुवाइको मिति तोकेको छ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दल विभाजन रोक्न माग गर्दै दायर गरेको रिटमा अब सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो।

advertisement

यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै राउतको रिटमा यथास्थिति कायम गर्न आदेश जारी गरेको थियो। त्यस क्रममा अदालतले विवादमा रहेका दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन निर्देशन पनि दिएको थियो।

आजको सुनुवाइमा दुवै पक्षको तर्क–वितर्क सुनेपछि सर्वोच्चले यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने भन्ने विषयमा निर्णय गर्नेछ।

डा. राउतले दायर गरेको रिटमा निर्वाचन आयोगलाई जनमत पार्टी विभाजनको प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

जनमत पार्टीमा आन्तरिक विवाद तीव्र बनेपछि उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले नयाँ दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका थिए।

राउत नेतृत्वले भने उक्त कदमलाई अवैधानिक भन्दै कानुनी लडाइँ अघि बढाएको हो।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com