काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग सरकारी कार्य प्रगतिको मूल्याङ्कन बैठक आयोजना गरेकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, वर्तमान सरकारले गठन भएयता भएका कामहरूको विस्तृत विवरण लिन आज सिंहदरबारमा बैठक बसेको हो।
बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय तथा सम्बन्धित निकायहरूको कार्य प्रगतिको प्रतिवेदन पेश गरिरहेका छन्।
सचिवालयका अनुसार, बैठकको क्रममा प्रधानमन्त्री कार्कीले आगामी दिनमा सुधार र आवश्यक कदम चाल्नका लागि निर्देशन दिने तयारीमा छिन्।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया