काठमाडौं ।नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्व उपमहासचिव हरिबोल गजुरेलले पार्टीभित्र पुनः विभाजनको प्रयासलाई ‘राजनीतिक अपरिपक्वता’को संज्ञा दिँदै प्रचण्डमाथि आरोप लगाउँदै नयाँ बाटो खोज्नेहरू अन्ततः उही घेरामा फर्किने टिप्पणी गरेका छन्।

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहित आठ वामपन्थी दलबीच एकता प्रक्रिया अघि बढिरहेका बेला केही नेताहरू, विशेषगरी जनार्दन शर्मासहितका समूहले असन्तुष्टि जनाउँदै अलग हुन खोजेपछि गजुरेलले यस्तो प्रतिक्रिया दिएका हुन्।

advertisement

उनका अनुसार, माओवादी आन्दोलनका विगतका विभाजनहरू विचारगत मतभेदका कारण नभई व्यक्तिगत महत्वाकांक्षा, असन्तुष्टि र नेतृत्वसँगको असमझदारीका परिणाम थिए। उनले भने, माओवादी पार्टी पटक–पटक विभाजित भयो, तर ती विभाजनहरूले कहिल्यै वैचारिक औचित्य प्रमाणित गर्न सकेनन्। प्रचण्डलाई दोषारोपण गर्दै नयाँ बाटो खोज्नेहरू अन्ततः फेरि उही घेरामा फर्किएका छन्।

गजुरेलले अहिले फेरि त्यही नाटक दोहोरिन खोजिएको आरोप लगाउँदै भने, यो केवल विडम्बना होइन, राजनीतिक अपरिपक्वताको चरम रूप हो।” उनले २०४६ सालपछिको वाम ध्रुवीकरणलाई स्मरण गर्दै भने, त्यो समयमा चार पार्टी मशाल, चौ।म, सर्वहारा श्रमिक संगठन र विद्रोही मसालबीचको एकताले जनयुद्धको वैचारिक तथा संगठनात्मक आधार तयार पारेको थियो, जसले नेपाललाई गणतन्त्रमा प्रवेश गरायो।

उनका अनुसार, २०८२ सालको जेनजी आन्दोलनपछि देखिएको नयाँ राजनीतिक ध्रुवीकरण र आठ वामपन्थी शक्तिबीचको एकताले अब समाजवादी क्रान्तिको नयाँ चरणको जग बसालेको छ।

इतिहास फेरि दोहोरिँदै छ, उनले भने, तर यसपटकको दिशा गणतन्त्रबाट समाजवादतर्फको युगीन यात्राको हो। अहिलेको यही एकता नै पार्टी रूपान्तरण र समाजवादी भविष्यतर्फको सम्भावित बाटो देखिन्छ।”

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com