काठमाडौं । दोलखामा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन्।
दोलखा प्रहरीका अनुसार, गौरीशंकर गाउँपालिका–९ स्थित एलुङ रि हिमाल आरोहणका क्रममा रहेका पर्वतारोहीहरू हिमपहिरोमा परेका हुन्।
घटनापछि उद्धार तथा खोजीकार्यका लागि हेलिकोप्टर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। प्रहरीका अनुसार, हिमपहिरो गएको क्षेत्र उच्च जोखिमयुक्त भएकाले उद्धार कार्यमा चुनौती रहेको छ।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया