काठमाडौं । ललितपुरको धोबिघाटमा बसेको नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा पार्टी महाधिवेशनको तालिका र नेतृत्व पक्षका मतभेदबारे छलफल चलेको छ।

बैठकमा नेता डा. शेखर कोइरालाको मौनताप्रति प्रश्न उठेको थियो। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कोइरालातर्फ हेर्दै सोधे, ‘यस विषयमा तपाईंको धारणा के हो?’ तर कोइरालाले स्पष्ट उत्तर दिएका थिएनन्।

advertisement

सहभागी नेताका अनुसार, कोइरालाले अनौपचारिक छलफलमा मात्र मिलाउनुपर्छ भन्ने संकेत गरे तर कुनै स्पष्ट निर्देशन भने दिएका थिएनन्। ‘उहाँले भन्नुभयो, ‘मिलाए भैहाल्छ,’ तर कसरी र कहिले भन्ने प्रष्ट भएन,’ एक नेताले भने।

कांग्रेसभित्रको बुझाइअनुसार, शेखर विशेष महाधिवेशनको लागि सक्रियता देखाउन असफल रहँदा, नियमित महाधिवेशनको तालिका तय गर्न पनि दबाब सिर्जना गर्न सक्नु भएको छैन।

बैठकमा मुख्य रूपमा चुनावअघि महाधिवेशन गर्ने वा नगर्ने विषयमा दुई मत प्रस्तुत भए पनि सहमति जुटाउन नेताहरू छलफलमा व्यस्त देखिएका थिए।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com