काठमाडौं । आर्थिक संकटमा परेकी बालाजुकी सबिना मगरलाई ‘लियो क्लब अफ काठमाडौँ रियल जर्नी’ले राहत सहयोग प्रदान गरेको छ।

बालाजुमा बसोबास गर्दै आएकी मगर पछिल्ला महिनादेखि अत्यन्त नाजुक आर्थिक अवस्थाबाट गुज्रिरहेकी छिन्। उनका दुई छोरामध्ये एक जना शारीरिक रूपमा अशक्त छन् । उता श्रीमान् वैदेशिक रोजगारमा रहेर पनि ६ महिनादेखि रकम पठाउन नसकेका कारण परिवारकाे दैनिक जीवनयापनमा कठिनाइमा परेको हो।

advertisement

आम्दानीको कुनै स्रोत नभएका कारण मगर परिवारले पछिल्ला चार महिनादेखि घरभाडा तिर्न सकेकाे छैन्।  साझ विहान छाक टार्न समेत ग्राहाे परेपछि मगरले हालै ‘लियो क्लब अफ काठमाडौं रियल जर्नी’सँग सहयोगका लागि सम्पर्क गरेकी थिइन्। क्लबका सदस्यहरू मंगलबार बालाजुस्थित उनको घर पुगेर दाल, चामल, नून, चिनी, तेल, चाउचाउ लगायतका अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरेका छन्। साथै, क्लबको तर्फबाट केही नगद सहयोग पनि प्रदान गरिएको क्लबले जनाएको छ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com