काठमाडौं ।  जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ४७ वर्षअघि भएको नकबजनी चोरी मुद्दामा फरार रहेका लाल बहादुर रानालाई पक्राउ गरी जेल चलान गरिएकाे छ ।

विज्ञप्ति अनुसार, स्याङ्जा, हाल गल्याङ नगरपालिका वडा नं. ७, कलेरी बस्ने लाल बहादुर रानाले २०३५/०२/१५ गते रातिको समयमा घरबाट सुनका गहना र रेडियो चोरी गरेको घटनामा संलग्न थिए। उक्त मुद्दा जिल्ला अदालत स्याङ्जाबाट २०४५/०८/१६ गते फैसला भई फरार रहेका रानालाई जिल्ला प्रहरी कार्यालय वालिङबाट विशेष अप्रेसन टोलीले २०८२/०७/१७ गते पक्राउ गरी जेल चलान गरिएको हो।

advertisement

पक्राउ परेका रानालाई एक महिनाको जेल सजाय र १५ दिन जरिवानासहित कूल रु. ४,५०० जरिवाना भुक्तान गर्न आदेश दिइएको छ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com