काठमाडौं । गोरखाबाट निकोलस भूसाललाई पक्राउ गरिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट मंगलबार नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार भूसाललाई अब काठमाडौं ल्याइने तयारी भइरहेको छ।
उनले यसअघि सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिएका कारण प्रहरीले उनलाई निगरानीमा राख्दै आएको थियो।
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार












प्रतिक्रिया