काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले पुस १६ देखि १९ गतेभित्र १५ औँ महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा राखेका छन्।

बैठकको सुरुवातमा सम्बोधन गर्दै उनले पुस १६–१९ गतेसम्म महाधिवेशन गर्ने तयारीको प्रस्ताव राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

advertisement

तर, पार्टीको संस्थापन पक्षले भने १५ औँ महाधिवेशन वैशाखको अन्तिम साता सञ्चालन गर्ने प्रस्ताव तयार पारेको छ। सोमबार नयाँ बानेश्वरमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५–२८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गर्ने निर्णय गरेको थियो।

संस्थापन इतर नेताहरू भने प्रतिनिधिसभा निर्वाचनअघि नियमित वा विशेष महाधिवेशन बोलाउनुपर्ने माग गर्दै आएका छन्। उनीहरूले विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्।

पार्टीभित्र महाधिवेशनको मिति निर्धारणका लागि अझै अन्तिम सहमति हुन बाँकी छ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com