काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे बोलाइएको भए पनि करिब १ घण्टा ढिला भएर सुरु भएको छ। यसअघि बैठक गत शुक्रबार र आइतबार पनि बोलाइएको थियो तर अन्तिम समयमा स्थगित गरिएको थियो।

बैठकको मुख्य एजेन्डा विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने विषय रहेको छ। पार्टीभित्र यस विषयमा विवाद उत्कर्षमा पुगेको छ।

advertisement

आजको बैठकमा महामन्त्री गगनकुमार थापाले १५औं महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेका छन्। विशेष महाधिवेशन पक्षधरहरूले काठमाडौंको थापागाउँमा छलफल जारी राखेको बताइएको छ। बैठकमा दुवै पक्षले आ–आफ्नो धारणा राख्ने अपेक्षा गरिएको छ, जसपछि महाधिवेशनको मिति र स्वरूपबारे अन्तिम निर्णय आउने सम्भावना छ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com