काठमाडौं । नेकपा (माओवादी केन्द्र) परित्याग गरेका नेता राम कार्कीले समाजवादी विचारधारा मान्ने सबै शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्।

ललितपुरमा आज आयोजित ‘वाम प्रगतिशील ध्रुवीकरण घोषणा’ कार्यक्रमबारेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको संघर्ष पदीय स्वार्थका लागि नभई विचार र दिशाको एकताको लागि भएको स्पष्ट पारे।

advertisement

उनका अनुसार विगत लामो राजनीतिक यात्रामा धेरै प्रयास हुँदाहुँदै पनि सत्ताकेन्द्रमा बसेका नेताहरूले जनताका मुद्दा र समाजवादी दिशालाई कमजोर बनाएको हुँदा अब नयाँ वैचारिक अभियान सुरु गर्ने बेला आएको हो।

‘हामीले पार्टीका पद र जिम्मेवारी त्यागेर समाजवादी एकता निर्माणको अभियान थालेका हौं,’ उनले भने, ‘जुनसुकै समूहमा हुनुहुन्छ वा स्वतन्त्र हुनुहुन्छ, यदि देशभक्त र समाजवादी सोच राख्नुहुन्छ भने यो अभियानमा हातेमालो गर्नुस्।’

नेता कार्कीले माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेतृ अञ्जना विष्ट (विशंखे) लाई देखाउँदै थपे, ‘उहाँ उपमहासचिव हुनुहुन्छ, म सचिव थिएँ, अञ्जना जी स्थायी समिति सदस्य हुनुहुन्थ्यो— हामीले यी सबै पद, दर्जा, चिन्हहरूलाई त्यागेर आएका हौं।’

उनले दलभित्रको अहंकार, पदको मोह र ‘मेरो पार्टी ठूलो, तिम्रो सानो’ भन्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘अब हामी सबैले समाजवादप्रतिको प्रतिबद्धता र नयाँ पुस्ताप्रतिको विश्वासका आधारमा एकीकृत समाजवादी अभियानको बाटो समात्नुपर्छ।’

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com