काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पूर्व उपमहासचिव जनार्दन शर्माले नयाँ राजनीतिक सोच र दृष्टिकोणसहित ‘प्रगतिशील अभियान नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका छन्।

मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता शर्माले यो अभियानमार्फत नेपालको नयाँ समाजवादी मार्ग निर्माण गर्ने लक्ष्य रहेको बताए। उनले वर्तमान वाम शक्तिहरूको एकता प्रक्रिया जनताको भावना र विशेषतः जेनजी आन्दोलनले उठाएको परिवर्तनको मर्म विपरीत भएको आरोप लगाए।

advertisement

‘अध्यक्ष प्रचण्डले माओवादीको विचार र पहिचान त्यागेर माधवकुमार नेपालको नीति–कार्यशैलीमा आत्मसमर्पण गर्नुभयो,’ शर्माले भने, ‘त्यो बाटो जनताको होइन, सत्ताको लागि गरिएको सम्झौता हो, त्यसैले हामीले त्यसलाई अस्वीकार गरी नयाँ ढंगले प्रगतिशील अभियान सुरू गरेका छौं।’

उनका अनुसार यो अभियानले सहिदहरूको बलिदान, जनताको सपना र समाजवादी रूपान्तरणको जिम्मेवारीलाई पुनः उठाउनेछ।

शर्माले भने, ‘हामीले सहिदहरूको त्याग खेर जान दिन्नौं। जनताको अधिकार र न्यायका लागि नयाँ राजनीतिक आन्दोलनको बीज रोप्ने समय आएको छ।’

उनले देशभरका सचेत, प्रगतिशील र समाजवादी विचारधारा भएका नागरिकहरूलाई अभियानमा सहभागी हुन आह्वान गरेका छन्।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com