काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाहको मुद्दामा अदालतबाट कैद सजायको फैसला सुनाइएका उनलाई प्रहरीले मंगलबार साँझ धुम्बाराहीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले पासाङलाई पक्राउ गरको पुष्टि गरे ।

advertisement

एमालेको जन वर्गीयसंगठन जनजाति महासंघका अध्यक्ष पासाङलाई बहुविवाह मुद्दामा उच्च अदालत पाटनले गत वर्ष दोषी ठहर गरेको थियो ।

पासाङकी पत्नी करिश्मा खरेलले जिल्ला अदालत काठमाडौंमा बहुविवाहको मुद्दा दिएकी थिइन् ।

उक्त अदालतले दोषी ठहर गर्दै उनलाई एक वर्ष कैद र पाँच हजार जरिवानाको सजाय सुनाएको थियो।

त्यसविरुद्ध पासाङ उच्च अदालत गएका थिए । उच्चले पनि जिल्लाको आदेश सदर गरेको थियो । तर उनी राजनीतिक संरक्षण पाएर बाहिरै थिए ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com