काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा वर्तमान राजनीतिक समस्याको सामाधान संविधानभित्रैबाट खोजिनुपर्ने बताएका छन् । एमाले रूपन्देहीको विस्तारित बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले प्रतिनिधिसभाको पुनःस्थापनामार्फत नै संविधान लिकमा ल्याउन सकिने एमालेले सकारात्मक दृष्टिकोण अघि सारेको बताए ।

सामाजिक सञ्जाल हरेक मानिसका लागि पन्छ्याउनै नसक्ने जीवनको यथार्थ अङ्ग बनिसकेको वास्तविकतालाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले बुझ्न नसक्नु कमजोरी रहेको औंल्याउँदै उनले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने आन्दोलनमा घुसपैठ गरेर देसव्यापी आगजनी, आक्रमण भएको बताए ।

advertisement

नेता पौडेलले एमालेको ११औँं महाधिवेशन एकताको महाधिवेशन बनाउने र नयाँ उचाइको एकता बनाउने बताए ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com