काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री नेतृत्वको समूहले आज नेकपा (एमाले) मा पुनः फर्किने तयारीका बीच पत्रकार सम्मेलन गर्दैछ। समूहले बिहान १० बजे काठमाडौंको बबरमहलस्थित होटल बसेरामा पत्रकार सम्मेलन आयोजना गरेको छ।

झाँक्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनिन्, विकास र समृद्धिको मार्गमा अघि बढ्न हामी कुन बाटो लिने भन्ने विषयमा विचार–विमर्श गर्न, पार्टीभित्रका क्रान्तिकारी साथीहरूले पत्रकार सम्मेलनको आयोजना गरेका हुन्।”

advertisement

उनका अनुसार देशको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, विकास र समृद्धिको दिशामा अघि बढ्न समान विचारधाराका शक्तिहरू एक ठाउँमा आउनुपर्ने आवश्यकता महसुस भएको छ।

झाँक्री समूह एमाले फर्किन तयार रहँदा एकीकृत समाजवादी, माओवादी केन्द्रसहित नौ वाम घटकबीच आज दिउँसो १ बजे औपचारिक पार्टी एकता घोषणा हुने कार्यक्रम तय भएको छ।

यस एकता प्रक्रियाले वाम मोर्चाको नयाँ राजनीतिक संयोजनको संकेत गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com