काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले पार्टीभित्रको बहुमत समूहले आत्मसमर्पण गरे पनि आफ्नो समूह अझै सशक्त रूपमा क्रियाशील रहेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, केन्द्रीय समितिको बहुसंख्यक सदस्य गएर आत्मसमर्पण गरे पनि हाम्रो टिम बाँकी छ। पदाधिकारीहरू कम हुन सक्छन्, तर स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा अझै पनि पर्याप्त साथीहरू छन्। जिल्लास्तरमा त हामी बहुमतमा नै छौं।

advertisement

भूसालले एकीकृत समाजवादीको बहुमत माओवादी केन्द्रसँगको एकतामा गए पनि बाँकी समूहले सोही पार्टीको हैसियतमा गतिविधि जारी राख्ने स्पष्ट पारे। उनका शब्दमा, यो एकता समाजवादीको बहुमत एकतामा गएको हो, तर अरू साथीहरू आफ्नै ठाउँमा नेकपा (एकीकृत समाजवादी) कै रूपमा सक्रिय रहनेछन्।

आगामी मंसिरको पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने जानकारी दिँदै भूसालले भने, त्यो भेलामा हामी गम्भीर छलफल गरेर आगामी राजनीतिक दिशाबारे निर्णय गर्नेछौं।

उनले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच भइरहेको एकतालाई ‘त्रुटिपूर्ण’ भनेका छन्। भूसालका अनुसार, “समस्या मान्छे कम हुनु होइन, दृष्टिकोण र नीतिगत स्पष्टता नहुनु हो। माधव नेपालहरूले गरेको एकता त्यही कारणले त्रुटिपूर्ण बनेको हो।”

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com