काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले लोकतन्त्रको नाममा कुनै पनि प्रकारको तानाशाही वा निरंकुश शासन स्वीकार्य नभएको स्पष्ट पारेका छन्।

काठमाडौंको भृकुटिमण्डपमा आज केहीबेरमा हुने कम्युनिष्ट घटकबीचको एकता घोषणा सभामा बोल्दै उनले भने, ‘लोकतन्त्रको बाहनामा कुनै पनि तानाशाही, व्यक्तिवादी वा निरंकुशता हामी सैह्य गर्न सक्दैनौं। यस्तो विकल्प हामीलाई स्वीकार्य छैन।’

advertisement

उपमहासचिव पुनले लोकतन्त्र र सुशासनको विकल्प नै उत्कृष्ट विकल्प भएको जोड दिए। उनले कम्युनिष्ट आन्दोलन नयाँ मोडमा प्रवेश गरेको बताउँदै आफूहरू नयाँ दिशामा उभिएको पनि उल्लेख गरे।

उनका अनुसार आजको एकता घोषणाले कम्युनिष्ट आन्दोलनलाई अझ सबल बनाउने र जनतामुखी मार्गमा अघि बढाउने उद्देश्य राखेको छ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com