काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० वटा कम्युनिष्ट दल/समूहबीच आज भृकुटीमण्डपमा ऐतिहासिक एकता घोषणा कार्यक्रम सुरु भएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा माओवादी केन्द्रका नेता वर्षमान पुनले कार्यक्रममा सहभागी दलहरूमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल (समाजवादी) पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेकपा (समाजवादी), नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी) र देशभक्त समाजवादी मोर्चा रहेको जानकारी दिए। उनले सबै दलबीचको एकता घोषणालाई ऐतिहासिक र जनतामुखी कदमको रूपमा वर्णन गरे।

advertisement

पुनका अनुसार, ‘जेन–जी आन्दोलन’पछि नेपाल राजनीतिक, आर्थिक र सामाजिक रूपमा नयाँ मोडमा उभिएको छ। उनले राष्ट्रिय स्वाधिनता चुनौतीपूर्ण बन्नु र भू–राजनीतिक टकरावहरू देखिनु यस नयाँ मोडका मुख्य पक्ष भएको बताए। साथै, पछिल्लो पुस्ताले स्मार्ट र नवीन समाधान खोजेकोले नयाँ राजनीतिक दलहरूका काँधमा चुनौती थपिएको उनले बताए।

यसअघि विभिन्न आठ दलले कात्तिक १६ गते सहमतिपत्रमा हस्ताक्षर गर्दै एकताका लागि औपचारिक सहमति जनाइसकेका थिए। सोही सहमतिअनुसार आज बुधबार ऐक्यबद्धता सार्वजनिक गर्दै सबै दलबीचको एकता औपचारिक रूपमा घोषणा गरिएको हो।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com