काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टीभित्र नेतृत्व परिवर्तनको माग गर्दै महामन्त्री गगन थापालाई सभापति र आगामी प्रधानमन्त्रीका रूपमा अघि सार्नुपर्ने प्रस्ताव गरेका छन्।
बुधबार काठमाडौंमा जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै मन्सुरले भने, अबको चुनावमा गगन थापालाई प्रधानमन्त्रीको विकल्पका रूपमा अघि बढाएर जाने निर्णय केन्द्रीय समितिले लिनुपर्छ।
उनका अनुसार, पार्टीमा देखिएको जनविश्वास र प्रभावका आधारमा नयाँ नेतृत्व आवश्यक भएको भन्दै उनले सकेसम्म नियमित, नभए विशेष महाधिवेशनमार्फत नेतृत्व फेर्ने तयारी गर्नुपर्ने सुझाव दिए।
मन्सुरले थपे, म कुरा लुकाउँदिन, जनताले गगन थापालाई सभापति र प्रधानमन्त्रीमा हेर्न चाहिरहेका छन्। उनी १४औं महाधिवेशनमा धेरै मतसहित महामन्त्री निर्वाचित भएका थिए। अहिले पनि उनको पहलमा ५४ प्रतिशतले विशेष महाधिवेशनको मागमा हस्ताक्षर गरिसकेका छन्।
१४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्री बनेका मन्सुरले यसपटक देउवा पक्षबाट अलग भई थापा नेतृत्वको पक्षमा खुलेर समर्थन जनाएका हुन्।
प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार












प्रतिक्रिया