काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबार लगिएपछि उनकी पत्नी निकिता पौडेल पनि सोही स्थान पुगेकी छन्।

रविलाई बुधबार अपराह्न नख्खु कारागारबाट उच्चस्तरीय जाँचबुझ आयोगको कार्यालयमा ल्याइएको थियो। आयोगले जेनजी प्रदर्शनका क्रममा भएको दमनबारे छानबिन गर्न उनलाई उपस्थित गराएको हो।

advertisement

निकिता पौडेल आयोगको कार्यालयमा पुगेर रविलाई भेट्न पुगेकी हुन्। यसअघि भदौ २४ गते लामिछाने कारागारबाट बाहिर निस्किएका थिए। आयोगले त्यसअघि नै सिंहदरबारस्थित कार्यालयमा नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको थियो।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com