काठमाडौं । चर्चित फिल्म निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ। उनकी ७१ वर्षीया आमा अमृता बस्नेतकाे बुधबार बिहान ११:४३ मा  निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार, उनी विगत दुई महिनादेखि निमोनियाबाट पीडित थिइन् र चावहिलस्थित ओम अस्पतालमा उपचाररत थिइन्। साथै, उनी १५ वर्षदेखि मिर्गौला डायलासिसमा समेत निर्भर थिइन्।

advertisement

उनको अन्त्येष्टि बुधबार पशुपति आर्यघाटमा हुने जानकारी दिइएको छ। अमृता बस्नेतका दुई छोरी र एक छोरा छन्। उनका छोरा निश्चल बस्नेत चर्चित फिल्म निर्देशक हुन् भने बुहारी स्वस्तिमा खड्का नेपाली फिल्म उद्योगकी चर्चित अभिनेत्री हुन्।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com