काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले संसद पुनःस्थापना गरी संविधान संशोधनको माध्यमबाट ताजा जनादेशको आवश्यकता रहेको बताएका छन्।
बुटवलमा बुधबार प्रेस चौतारी नेपाल रूपन्देहीले आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान बचाउन संसद पुनःस्थापना अनिवार्य भएको उल्लेख गरे। उनका अनुसार, संसद पुनःस्थापना भए मात्र देश संविधान अनुसार अघि बढ्न सक्नेछ र जेनजी आन्दोलनका युवा पुस्ताको मागसमेत सम्बोधन हुन सक्नेछ।
पौडेलले भाद्र २३ गते भएको जेनजी युवा पुस्ता हत्याको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही हुनु पर्नेमा जोड दिँदै भदौ २४ गते भएको आगजनी र विध्वंसको पनि छानबिन आवश्यक रहेको बताए।
उनले आगामी एमाले महाधिवेशनले सर्वसम्मत रूपमा पार्टी नेतृत्व चयन गर्ने दाबी समेत गरेका छन्।
प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया