काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले दरमखोला हाइड्रो इञ्जिनियरीङ लिमिटेड (DHEL) को साधारण शेयर सूचीकृत गरेको छ।

नेप्सेले बुधबार जारी गरेको सूचनाअनुसार कम्पनीको प्रति शेयर अंकित मूल्य रू. १०० का दरले ९,०३,०४,००० कित्ता साधारण शेयर सूचीकृत गरिएको हो। उक्त शेयरमध्ये २,३५,७०,००० कित्ता (२६.११%) सर्वसाधारण शेयर वितरण तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत बिक्री गरिएको थियो।

advertisement

यसअघि कर्मचारी र सामूहिक लगानीकर्ता (म्युचुअल फण्ड) लाई क्रमशः १,८०,००० कित्ता (२%) र ३४,९५,००० कित्ता (३.८७%) शेयर वितरण गरिएको थियो। यसरी कम्पनीको कुल ९,०३,०४,००० कित्ता (१००%) साधारण शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ।

सूचीकृत निर्णय २०८२ असोज १९ गते नेप्सेको बोर्ड बैठकले गरेको हो। कम्पनीको दोस्रो बजार कारोबार असोज २० गतेदेखि सुरु हुने पनि सूचनामा उल्लेख छ।

नेप्सेले कम्पनीको सूचीकृत पश्चात् शेयर रजिष्ट्रारको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वरलाई तोकेको छ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com