काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलव १७ अङ्कले बढेर दुई हजार ६०७ दशमलव ४२ को बिन्दुमा कायम भएको हो ।

आज ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४२ हजार ८७९ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४ दशमलव ९६ को कारोबार भएको छ । आजको कारोबारमा होटल तथा पर्यटन र म्युचुअल फण्ड समूहबाहेक अरु सबै समूहको उपसूचक बढेको छ ।

advertisement

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको रू ३८ करोड ६१ लाख ५२ हजार ४८४ बराबरको सात लाख १० हजार २५९ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com