एजेन्सी ।  उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतङ्कवादीहरूबिच भएको गोलीबारीमा १९ जना आतङ्कवादी र दुई जना सैनिकको मृत्यु भएको नाइजेरियाली सेनाले घोषणा गरेको छ ।

नाइजेरियाली सेनाले कानो राज्यमा सशस्त्र समूहसँग भएको गोली हानाहानको पुष्टि गर्दैे जारी गरेको विज्ञप्तिमा अपरेसनका क्रममा दुई जना सैनिक र एक जना स्थानीय गार्डको पनि मृत्यु भएकोसमेत उल्लेख गरेको छ ।

advertisement

उत्तरी नाइजेरियामा बढ्दो असुरक्षा कम गर्ने सैन्य अभियानको एक हिस्साको रूपमा यो अपरेसन आएको विज्ञप्तिमा भनिएको छ । धेरै सैनिक र संयुक्त फोर्सका सदस्यहरूलाई सामान्य चोट लागेको र उपचारका अस्तपाल लगिएको जनाइएको छ ।

नाइजेरियाका उत्तरपूर्वी राज्यहरूमा सन् २००९ मा विद्रोह सुरु गरेका सशस्त्र समूहहरूले पटक–पटक आक्रमण गर्दा करिब ४० हजार मानिसहरुको मृत्यु हुनुका साथै करिब २० लाख नाइजेरियालीहरू विस्थापित भएका छन् ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com