काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन नेपाली राजनीतिक इतिहासमा अविस्मरणीय रूपमा दर्ज हुने बताएका छन्।

बुधबार राजधानीको भृकुटीमण्डपमा आयोजित एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले दसवटा कम्युनिस्ट घटक एकैछिनमा एक ठाउँमा आएको घटना इतिहासमै पहिलो भएको बताए।

advertisement

‘आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा कहिल्यै नबिर्सिने हुनेछ,’ प्रचण्डले भने, ‘किनकि एकैपटक १० वटा घटक एक ठाउँमा आइएका छन्। यसअघि दुई–तीन घटकबीच एकता भएको थियो, तर यस्तो व्यापक एकता कहिल्यै भएको थिएन।’

उनले यो एकतालाई अभूतपूर्व र असाधारण भन्दै यसले देशका राजनीतिक चुनौतीहरू सामना गर्न नयाँ ऊर्जा र विश्वास दिएको बताए।

प्रचण्डले हालको एकताको मूल प्रेरणा जेन–जी आन्दोलन भएको उल्लेख गर्दै, त्यसले नयाँ पुस्तामा राजनीतिक चेतना र परिवर्तनको आकांक्षा जगाएको बताए।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com