काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सबैभन्दा बढी देशभक्त शक्ति कम्युनिस्टहरू नै भएको दाबी गरेका छन्। बुधबार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका १० वाम घटकको एकतापछिको समारोहलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।

‘यो संकटमा राष्ट्रलाई जोगाउने अभिभारा कसको? भन्दा मूख्यतः राजनीतिक दलको र आम नेपाली जनताको,’ दाहालले भने, ‘यो राष्ट्रिय संकटबाट पार लगाउने उपाय के होत? एउटा त देशभक्त शक्ति नेपालमा को हो त?’

advertisement

२००६ देखि अहिले २०८२ सम्मका तमाम ऐतिहासिक घटनाक्रम हेर्दा कम्युनिस्टहरु नै साँचो अर्थमा देशभक्त रहेको उनले दाबी गरे। ‘आज जतिबेला हामीले राष्ट्र सबैभन्दा संकटमा भएको महशुस गरेका छौँ भने अब कम्युनिस्टहरु एक भएर नयाँ अभियान चलाउँदै पर्दछ। त्यसको सुरुवात यहाँबाट गरिएको छ,’ उनले भने।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com