काठमाडौं । २४ भदौको जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयबाट लुटिएको हतियारसहित एक युवक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले कैलाली टिकापुरका शिवराज धमलालाई प्रहरीबाट लुटिएको ३ वटा हतियारसहित तारकेश्वरबाट पक्राउ गरेको हो। उनीसँग एउटा इन्सास राइफल, एउटा सटगन र एउटा पेस्तोल बरामद भएको एसएसपी रमेश बस्नेतले बताए ।

advertisement

पक्राउ परेका धमला पठाओ चालक हुन्। उनले सो हतियार आफुले बाटोमा भेट्टाएको दाबी गरेका छन्। बिक्रि गर्न खोज्दा उनी पक्राउ परेका हुन्। सो हतियार महाराजगञ्ज वृत्तबाट लुटिएको आकलन गरिएको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com