काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत युएई सिरिजमा नेपाल जितविहीन बनेको छ ।

युएईमा भएको ४ वटै खेलमा नेपाल पराजित हुन पुग्यो । बुधबार भएको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ४ विकेटले पराजित हुन पुग्यो ।

advertisement

नेपालले दिएको २४० रनको लक्ष्य पछ्याएको युएईले ४९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । युएईका मोहम्मद शाहदादले सर्वाधिक ९६ रन बनाए । उनले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । शाहदादले मोहम्मद वासिनलाई चौथो विकेटका लागि १४७ रनको साझेदारी गरेका थिए । मोहम्मदले ७३ बलमा ७६ रन बनाएर आउट भए ।

बलिङमा नेपालका करण केसीले ३, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीले एकएक विकेट लिए । त्यसअघि आइसीसी एकेडेमी ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए ।

कुशल मल्ल ४५, आसिफ शेख ३४, कुशल भुर्तेल २, कप्तान रोहित पौडेल २, आरिफ शेख ३०, दीपेन्द्रसिंह ऐरी ३७, करण केसी ०, नन्दन यादव १ रनमा आउट भए । ललित राजवंशी ४ र सन्दीप लामिछाने १५ रनमा अविजित रहे । बलिङमा युएईलाई धु्रव पराशर, मोहम्मद जवाद उल्लाह र जुनैद सिद्दिकीले दुईदुई विकेट लिए । यो सिरिजमा नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेन ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com