काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै विशाल सभा आयोजना गर्ने तयारी गरेको छ ।

जेनजी आन्दोलनपछि देखिएका पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टीको आधिकारिक धारणा जनतामाझ स्पष्ट पार्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको नेकपाले जनाएको छ ।

advertisement

भृकुटीमण्डपमा दिउँसो १ बजे हुने सभामा महासचिव विप्लव स्वयंले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । सभाअघि पार्टीले राजधानीका विभिन्न स्थानबाट र्‍याली निकाल्दै भृकुटीमण्डप पुग्ने तयारी गरेको छ ।

यस अवसरका लागि काठमाडौं उपत्यका तथा आसपासका जिल्लाबाट कार्यकर्तालाई व्यापक रूपमा सहभागी गराउने नेकपाको तयारी छ । पार्टीले झन्डै १० हजारभन्दा बढी कार्यकर्ता र समर्थकको उपस्थिति रहने दाबी गरेको छ ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com