काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति असन्तुष्टि जनाउँदै निकोलस भुसाल र एमाले नेता महेश बस्नेतबीच किन फरक व्यवहार गरिएको हो भनी प्रश्न गरेका छन् ।
गुरुङले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री अर्यालले समान विषयमा बोलेका दुई व्यक्तिप्रति फरक दृष्टिकोण देखाएको आरोप लगाएका हुन् ।
जेनजी अभियन्ता भावना राउतको सामाजिक सञ्जालमा गरिएको टिप्पणीलाई समर्थन गर्दै गुरुङले लेखेका छन्, ‘निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के छ, गृहमन्त्रीज्यू ? किन निकोलसलाई मात्र पक्राउ गर्नुभयो ? कि शक्तिशालीलाई नछुने पुरानै ओली सरकारको शैलीतिर ढल्किनुभएको हो ? बन्द कोठामा प्रश्न गर्दै थाकिएको अवस्था हो यो — लाग्छ, आन्दोलन क्रमशः कमजोर हुँदैछ।’
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया