एजेन्सी । फिलिपिन्समा कालमेगी समुद्री आँधीले वितण्डा मच्चाएको छ । आँधीसँगै मुसलधारे वर्षा र बाढीका कारण मर्नेको सङ्ख्या कम्तीमा ११४ पुगेको छ भने १२७ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । अधिकांश मृत्यु मध्य प्रान्त सेबुमा भएको ।
मंगलबार यो प्रान्त कालमेगी आँधीको चपेटामा परेको थियो । नागरिक रक्षा कार्यालयका अनुसार सेबुमा मात्रै कम्तीमा ७१ जनाको मृत्यु भएको छ । मर्नेमध्ये धेरैजसोको डुबेर मृत्यु भएको बताइएको छ ।
६५ जना बेपत्ता छन् भने अरू ६९ जना घाइते भएका छन् । सेबु नजिकै नेग्रोस ओक्सिडेन्टलको मध्य प्रान्तमा अरू ६२ जना बेपत्ता भएको बताइएको छ ।
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया