काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पहलमा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच व्यापक छलफल भएको छ ।
भट्टराईको मध्यस्थतामा सम्पन्न उक्त बैठकमा पूर्वमन्त्रीहरू जनार्दन शर्मा र सुदन किराती, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्याल, नयाँ शक्ति नेपालको नेतृ दुर्गा सावे (साेव) लगायतका नेताहरू सहभागी थिए ।
बैठकमा जेनजी आन्दोलनपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिको समीक्षा गर्दै देशमा बदलिँदो राजनीतिक धार र जनअपेक्षाअनुसार वैकल्पिक राजनीतिक ध्रुवीकरणको आवश्यकता रहेको निष्कर्ष निकालिएको सहभागी नेताहरूले बताएका छन् ।
छलफलको केन्द्र ‘विश्वसनीय, सशक्त र दीगो वैकल्पिक राजनीतिक शक्ति निर्माण’ का विषयमा रहेको र आगामी दिनमा त्यसलाई मूर्तरूप दिन थप संवाद अघि बढाउने सहमति भएको जनाइएको छ ।
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया