काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० दल मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

आयोगका अनुसार एकता सम्मेलन घोषणा भएको दिन बुधवार नै उक्त दलका प्रतिनिधिले आयोगमा पुगेर दल दर्ताका लागि निवेदन पेश गरेका हुन् ।

advertisement

दल दर्ताका लागि दिइएको निवेदनमा निर्वाचन चिन्ह तारो मात्रै उल्लेख छ । त्यो बाहेक पार्टीका पदाधिकारी, सचिवालय तथा केन्द्रीय समितिमा के कति रहने भन्ने संख्या र नाम अहिले उल्लेख गरिएको छैन ।

राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था अनुसारको अनुसूची पछि पेश गर्ने गरी दलको नाम र निर्वाचन चिन्हसहित मात्रै निवेदन पेश भएको आयोगले जनाएको हो ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com