काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्ति निर्माणको दिशामा पहल थालेका छन्। उनले हालै देखिएको जेन-जी पुस्ताको विद्रोहात्मक चेतनापछि मुलुकको बदलिँदो राजनीतिक परिवेशलाई आत्मसात् गर्दै नयाँ राजनीतिक ध्रुवीकरणको तयारी अघि बढाएका छन्।
भट्टराईको पहलमा नयाँ र वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच व्यापक छलफल सुरु भएको उनका सचिवालयले जनाएको छ। सचिवालयका अनुसार, यी छलफलहरू नेपालको समग्र राजनीतिक संरचना पुनर्गठन गरी भरपर्दो र बलियो वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले केन्द्रित छन्।
भट्टराई निकट स्रोतका अनुसार, आगामी दिनमा यी संवादहरू औपचारिक स्वरूपमा रूपान्तरण हुँदै ठोस राजनीतिक प्लेटफर्मको निर्माणतर्फ अघि बढ्ने तयारी छ।
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया