काठमाडौं । विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी निर्वाचन आयोगले प्रचलित ऐनमा सुधार गर्ने गरी राय गृह मन्त्रालय पठाएको छ।

निर्वाचन आयोगका अनुसार कानुनी रूपमा बाटो खुलाउने गरी राय पठाइएको छ।

advertisement

विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न मतदाता नामावली ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, निर्वाचन आयोग ऐन र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा संशोधन गर्न लागिएको छ।

कानुनमा सुधार गर्ने विषय अगाडि बढे पनि व्यवहारिक रूपमा के कसो गर्ने भनेर सरकारले थप काम गर्नुपर्ने देखिएको आयोगको भनाई छ ।

योसँगै अब सरकारले चाहेको खण्डमा विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी प्रचलित ऐन संशोधन गर्ने गरी अध्यादेश ल्याउन सक्नेछ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com